२० असार २०८३, शनिबार

विदेश पढ्न जाने विद्यार्थीले भिसा तथा शैक्षिक शुल्क मुक्तिनाथ विकास बैंकबाट तिर्न सक्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ ।

एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रालि महाराजगञ्ज र मुक्तिनाथ विकास बैंकबीच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानीसम्बन्धी कार्यको सुरुवात गरेको हो । यस सेवाअन्तर्गत उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहाने नेपाली विद्यार्थीहरुले भिसा शुल्क, एसएटी, एसईभीआइएस शुल्क, पीटीई परीक्षा शुल्क, आवेदन शुल्क, जीएमएटी लगायतको शैक्षिक शूल्कहरु मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यो सेवा हालको लागि बैंकको महाराजगञ्ज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिनसक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी, मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा लगायतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।