
पोखरा, ९ असार । नेकपा (माओवादी केन्द्र) का सांसदले गण्डकी प्रदेशको रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन् ।
सांसद रेशम बहादुर जुग्जालीले बजेट पूर्वाग्राही रहेको आरोप लगाउँदै च्यातेका हुन् । ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।’
गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको उनको भनाइ छ ।









प्रतिक्रिया