१२ असार २०८३, शुक्रबार

कपिलवस्तुमा घरको छानो खसेर वृद्धको मृत्यु

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– कृष्ण पौडेल

कपिलवस्तु, ९ असार । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–३, जगदीशपुरमा आइतबार राति घरको छानो खस्दा एक वृद्धको ज्यान गएको छ।

६० वर्षीय दुर्गा प्रसाद काफ्ले घरभित्रै सुतिरहेको बेला रातभर परेको अविरल वर्षाका कारण कमजोर बनेको छाप्रो अचानक भत्किँदा उनको च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको हो ।

स्थानीयवासीले बिहान करिब ५ बजे प्रहरीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा काफ्ले मृत अवस्थामा फेला परेका थिए।

शवलाई पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल लगिएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।