२३ जेष्ठ २०८३, शनिबार

धनगढीमा कोठामा युवतीको शव सडेको अवस्थामा फेला, हत्याको आशंका

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ९ असार । कैलालीको धनगढीमा कोठामा सडेको अवस्थामा युवतीको शव फेला परेको छ ।

धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा फेला परेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका(११ अमरबस्तीकी स्थायी बासिन्दा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

उनको कोठामा बाहिरबाट ताला लगाइएको पाइएको छ । उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान अगाडि बढाएको छ ।