५ असार २०८३, शुक्रबार

मन्जुश्री फाइनान्सद्वारा इन्स्टा फण्ड ट्रान्सफरमार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुविधा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिइरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्धेश्यले इन्स्टा फण्ड ट्रान्सफरमार्फत निशुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको छ ।

यो सुविधा मन्जुश्रीको मोबाइल बैंकिङको मन्जुश्री स्मार्टअन्तर्गत इन्स्टा फण्ड ट्रान्सफर भुक्तानी विकल्पबाट एनपीएसमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन् ।  ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्धेश्यले यो सेवालाई मन्जुश्रीले आफ्नो एपमार्फत ग्राहकको माझ ल्याएको छ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा पुर्‍याउँदै आइरहेको यस फाइनान्स, फाइनान्सहरुको श्रेणीमा अग्रणी स्थानमा रहेको छ ।