१३ असार २०८३, शनिबार

मेटमणि विरूद्ध जाहेरी पठाएका व्यक्तिले जाहेरी फिर्ताका लागि पठाए पत्र

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् दाङको क्षेत्र नम्बर- १ बाट निर्वाचित संघीय सांसद मेटमणि चौधरीविरूद्ध जाहेरी पठाएका व्यक्तिले फेरि जाहेरी फिर्ताको माग गर्दैै पत्र पठाएका छन् ।

रोल्पा घर भई पछिल्लो समय दाङको घोराहीमा बस्दै आएका निर्माण व्यवसायी धात बुढा मगरले जाहेरी फिर्ताका लागि हुलाकमार्फत पत्र पठाएका हुन् ।

यसअघि उनले हुलाकमार्फत् नै चेक अनादरको आरोप लगाउँदै चौधरीविरूद्व जाहेरी पठाएका थिए । जाहेरी पठाएपनि उनी प्रहरी कार्यालयमा उपस्थित भने भएका थिएनन् । जसले गर्दा जाहेरी दर्ता हुन सकेको थिएन ।

प्रहरीले बारम्बार जाहेरी सनाखतका लागि बोलाउँदा पनि उनी उपस्थित भएका थिएनन् ।