
काठमाडौं, ८ असार । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र पर्यटन बस संघ नेपालबीच व्यवसायीक सहकार्यको सम्भावनामा छलफल सम्पन्न भएको छ ।बैठकमा नेपालको पर्यटन र यातायात क्षेत्रलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा विस्तृत छलफल भएको जानकारी दिइएको हो ।
पर्यटक बस संघ नेपालका अध्यक्ष भीष्म न्यौपाने, पूर्व अध्यक्ष ईश्वर शर्मा, कृष्ण आचार्य, सिप्रदी ट्रेडिङ्गका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल तथा टाटा मोटर्स मुम्बईका क्षेत्रीय व्यवस्थापक अभिजित दासको सहभागीतामा पर्यटन अभिमुख सेवा तथा उच्चस्तरीय बस सेवा विस्तारको सम्भावनामा विशेष छलफल भएको छ ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले विगत ४४ वर्षदेखि भारतको अग्रणी ब्रान्ड टाटा मोटर्सका विविध प्रकारका साना तथा ठूला सवारी साधनहरूको नेपालमा आयात, बिक्री तथा वितरण गर्दै आएको छ। हाल पर्यटन बस संघ नेपालमा आवद्ध ५०० भन्दा बढी बसहरू संचालनमा छन्, जसमा टाटा मोटर्सका बसहरूको उल्लेखनीय उपस्थिति छ।
बैठकमा, पर्यटकहरूलाई लक्षित उच्चस्तरीय, सुरक्षित तथा भरपर्दो बस सेवा प्रदान गर्न आवश्यक पूर्वाधार, सेवा व्यवस्थापन र प्राविधिक सहयोगका पक्षमा पनि छलफल भएको थियो ।
सिप्रदीले पर्यटक सेवा क्षेत्रमा संलग्न बसहरूलाई २४ घण्टा सेवा तथा प्राविधिक सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ। साथै, आगामी दिनमा टाटा मोटर्स, सिप्रदी र पर्यटन बस संघबीच समन्वयात्मक सहकार्य गर्दै नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा यातायात सेवामा नयाँ स्तर स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढ्ने सहमति पनि व्यक्त भएको जानकारी दिइएको छ ।









प्रतिक्रिया