२४ असार २०८३, बुधबार

२५ बुँदे प्रतिबद्धता व्यक्त गर्दै एमाले बागमतीको प्रशिक्षण सम्पन्न (प्रतिबद्धतासहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा सञ्चालन गरिएको आर्थिक परिचालन तथा लेखा व्यवस्थापन प्रशिक्षण कार्यक्रमका सहभागीले २५ बुँदे साझा प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एमाले) केन्द्रीय लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेलको प्रमुख आतिथ्यता प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा सहभागी एमाले वाग्मती प्रदेश कमिटी र अन्तर्गतका जिल्ला कमिटीहरू तथा महानगर कमिटी र उपमहानगरपालिका कमिटीको सामूहिक प्रतिबद्धताका रूपमा सो घोषणा गरिएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन् ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न र एमालेलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा स्थापित गर्नको लागि पार्टीको प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिकाले कमिटीहरूको आर्थिक काम र लेखा व्यवस्थापनलाई चुस्त, दुरुस्त, स्वच्छ, पारदर्शी, जबाफदेही र सुदृढ बनाउन सामूहिक प्रतिबद्धता गरेको लामाको भनाइ छ ।

आर्थिक परिचालन तथा लेखा व्यवस्थापनको काम पार्टीको सांगठनिक कामको एक अङ्ग भएकोले यसलाई व्यवस्थित, सुदृढ र पारदर्शी बनाउन सकेमा मात्र पार्टी कमिटीलाई सहजतापूर्वक सञ्चालन गर्न र समग्र नेतृत्व विकासमा सहयोग पुग्ने कुरामा सहभागीको एकमत रहेको छ । यसले पार्टी पंक्ति र आमजनताको विश्वास बढ्छ भन्ने कुरामा सहभागीहरू एकमत भएका छन् ।

पार्टीका सबै कमिटीका लेखा परीक्षणको काम सम्पन्न गराई पार्टी दोस्रो विधान महाधिवेशन अगावै अन्तिम लेखा परीक्षण सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । ऋणमा रहेका पार्टीका कमिटीले ऋण रकम कमिटीबाट अनुमोदन गराउने र विशेष ऋण मोचन कार्ययोजना बनाई यो आउने आर्थिक वर्ष भित्र ऋणमुक्त हुने प्रतिबद्धता जनाइएको छ ।