
काठमाडौं, ८ असार । संघीय संसद् भवन, नयाँबानेश्वरस्थित क्यान्टिनमाथिको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् ।
उनलाई उपचारका लागि खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ ।
छतमा मर्मतको काम गर्दागर्दै उनी खसेका हुन् । फल्स सिलिङ भाँचिएर लडेका उनको कुहिना र गोडामा चोट लागेको बताइएको छ ।








प्रतिक्रिया