३ श्रावण २०८३, आइतबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई हिल्टन होटेलमा विशेष छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकहरुले काठमाडौंस्थित हिल्टन होटेलमा विशेष छुट पाउने भएका छन् ।

एनआईएमबी र हिल्टन होटेलबीच एनआईएमबीका ग्राहकहरुलाई फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आएको छ ।