९ असार २०८३, मंगलबार

अफ्ताब आलमलाई सफाई दिने न्यायाधीस न्यायपरिषद् तानिए

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेपाली काँग्रेसका नेता अफ्ताव आलमलाई रौतहट नरसंहार आरोपबाट सफाई दिने न्यायाधीसलाई न्याय परिषद् तानिएको छ ।

आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका हुन् ।

न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।

आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् ।