
काठमाडौं, ५ असार । रिटर्नी फेडेरशन नेपालले इजरायल–इरान युद्वको चपेटामा परेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
महासचिव खेम कार्कीले विज्ञप्तिमार्फत युद्वरत दुई दुेशमा रहेका नेपालीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
युद्धको प्रभाव पर्न सक्ने अन्य छिमेकी मुलुकमा रहेका नेपालीहरुको सुरक्षाप्रति समेत आवश्यक सावधानी अपनाई पुर्व तयारी गर्नको लागि फेडेरेशनले माग गरेको छ ।
मुख्य गरी इजरायल र इरानमा रहेका नेपालीहरुको तत्काल विवरण संकलन गरी सुरक्षितरुपमा नेपाल फर्काउन माग गरिएको हो ।








प्रतिक्रिया