१८ असार २०८३, बिहिबार

बेलायत पठाउँछु भन्दै ठग्ने युवती पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । झूठो परिचय दिई यूके पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना युवती पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककी २१ वर्षीया रमिला अधिकारी रहेकी छिन् । आफू नेपाल सरकारअन्तर्गत वैदेशिक रोजगार विभागको तामिल अधिकारी भएको भन्दै व्यक्तिहरूलाई यूके पठाइदिने प्रलोभनमा पारेर ठगी गर्दै आएकी थिइन्।

अधिकारीले बनावटी कागजात प्रस्तुत गरी वैदेशिक रोजगार विभाग, काठमाडौंमा व्यक्तिहरूको नामसहितको पत्र दाखिला गरेर वैदेशिक रोजगारीका लागि प्रक्रिया मिलाइदिने गरेकी अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानबाट उक्त कार्य फर्जी रहेको प्रमाणित भएपछि उनलाई २०७८ असार ३ गते काठमाडौं महानगरपालिका–४ चण्डोलबाट पक्राउ गरिएको हो।

प्रहरीले थप अनुसन्धानका लागि उनलाई सोही दिन वैदेशिक रोजगार विभाग काठमाडौंमा बुझाएको जनाएको छ।