२२ जेष्ठ २०८३, शुक्रबार

सचिवले राजीनामा दिए नयाँले काम पाउँछन्, सरकारले कुलिङ पिरियडमा खुट्टा नकमाओस् : एकीकृत समाजवादी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी) ले कुलिङ पिरियत तत्काल निजामती विधेयक ल्याउन माग गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र पाण्डेले सचिवहरूको धम्कीमा सरकारले खुट्टन कमाउन नहुने बताएका हुन् ।

उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ । सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन् ।’