
काठमाडौं, २ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंस्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द सोल्टी होटल एण्ड रिर्सोटको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यो सुविधा प्राप्त गर्न ग्राहकहरूले सोल्टी हेरिटेज क्लबमा पहिलो पटक आफ्नो नाम दर्ता भने गराउनुपर्ने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।








प्रतिक्रिया