११ असार २०८३, बिहिबार

पोखरामा यामाहा ब्लू फेस्ट सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ असार । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लू फेस्ट” आज पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ ।

आजदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ । यसमा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन्-

जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने
यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५०,००० रुपैयाँको मूल्यांकन
अन्य ब्रान्डमा न्यूनतम २५,००० रुपैयाँको मूल्यांकन (कर चुक्ता अनिवार्य)
एक्सचेन्जमा अतिरिक्त १०,००० रुपैयाँ बोनस
६,००० रुपैयाँसम्मको नगद छुट
फ्री एक्सेसरिजहरू
निःशुल्क आर्थिक वर्ष ०८२/८३को सडक कर भुक्तान
गारण्टरबिना सहज फाइनान्सिङ सुविधा

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङप्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ । एआरएआई प्रमाणित ७१.३३ किमि प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेटआर १२५एफआई हाइब्रिडदेखि स्टाइलिश र स्पोर्टी लुकसहितको यामाहा आर१५ भी४सम्म यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ । सडकमा दमदार उपस्थिति चाहनेहरूले एम१५ भी२ र एफजेट भी३ सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा एरोक्स १५५ले आफ्नो फरक पहिचान बनाएको छ । अफरोडका लागि डब्लूआर१५५आर जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन् । यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्दछ ।

यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र होइन, यो सवारी संस्कृतिको उत्सव पनि हो, जसमा इनोभेसन, फन र कम्युनिटी बीचको सम्बन्ध मिसिएको कम्पनीको भनाई छ । त्यसैले आफ्नो बाइक अपग्रेड गर्न खोजिरहेको अथवा केवल फेस्टिभलको मजा लिन चाहाने हो भने, यो हप्ता यामाहा ब्लू फेस्ट पोखरा नै सही गन्तव्य हुनसक्ने कम्पनीले जनाएको छ ।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो जो आफ्नो अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका लागि परिचित छ । यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिंग एक्सपिरियन्स प्रदान गरिरहेको छ ।