२८ असार २०८३, आइतबार

बैंकिङ क्षेत्र सुधार सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा. रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा पूर्वबैंकर भुवनकुमार दहाल सदस्य छन् ।

यस्तै, नेपाल राष्ट्र बैंको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकसदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो । कार्यदलको समयावधि एक महिनाको रहनेछ ।

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ ।

यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका , ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव दिन भनिएको छ ।

त्यस्तै, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव दिन आग्रह गरिएको गभर्नरको कार्यालयले जनाएको छ ।