१३ असार २०८३, शनिबार

फिस टनेल एक्स्पो आजबाट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३० जेठ । भक्तपुरमा आज (शुक्रबार)बाट ‘फिस टनेल एक्स्पो २०८२’ हुँदैछ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा हुन लागेको एक्स्पोको तयारी पूरा भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

आजबाट सुरु हुने एक्स्पो साउन १० गतेसम्म सञ्चालन हुनेछ ।

‘फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो । सामुन्द्रिक सुनामी कै अनुभूति हुनेगरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ । एक्स्पोमा फिस टनेल, सुनामी राइडको अलवा रोटेपिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिनेछ ।

मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको अध्यक्ष महतले जानकारी दिए । एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ ।