
धनगढी, २९ जेठ । कैलालीको धनगढीमा गोली हानेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली हानेर रिदम ढुंगाना र मिलन चन्दलाई पक्राउ गरेको हो । उनीहरू दुवैजनालाई गोली लागेको छ ।
उनीहरू विभिन्न आपराधिक कार्यमा संलग्न रहँदै आएका थिए । प्रहरीले पक्राउ गर्न खोज्दा आक्रमणमा उत्रिएपछि प्रहरीले गोली प्रहार गरेको हो ।








प्रतिक्रिया