२ असार २०८३, मंगलबार

एयर इन्डिया दुर्घटना : होस्टलमा ठोक्किन पुगेको थियो जहाज (तस्वीरहरूसहित)

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान आकाशबाट झरेर छात्रावास (होस्टल)मा ठोक्किन पुगेको खुलेको छ ।

उक्त छात्रावास बीजे मेडिकल कलेजको छात्रावास भएको बताइएको छ ।

जहाजको एक भाग भवनको छतमै अड्किएको थियो ।

जहाज होस्टलमा ठोक्किएपछि विद्यार्थीहरूको भागाभाग चलेको थियो । केही विद्यार्थी होस्टलको दोस्रो तलाबाट पनि हाम फालेका हुन् ।