२ असार २०८३, मंगलबार

विमान दुर्घटना : विमानमा ५३ जना बेलायती, अरू कहाँ कहाँका ?

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । भारतको अहमदावादमा २४२ जना सवार एयर इन्डियाको जहाज दुर्घटना भएको छ ।

लण्डनको लागि उडेको जहाज केही समयमै दुर्घटनाग्रस्त भएको हो ।

यसैबीच विमानमा सवारमध्ये ५३ जना बेलायती नागरिक रहेका खुलेको छ । यस्तै, १६९ जना भारतीय, सातजना पोर्जुगिज र एकजना क्यानेडियन नागरिक सवार रहेका थिए ।

जहाजमा दुईजना पाइलटसहित १२ जना चालक दलका सदस्य रहेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनास्थलमा पुगेर अवलोकन गर्दै तत्काल उद्धार र राहत कार्यको आदेश दिएका छन् ।