३१ जेष्ठ २०८३, आइतबार

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को चौथो संस्करण सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५ को चौथो संस्करण सम्पन्न भएको छ ।

यही जेठ २१ गते बुधबारदेखि जेठ २४ गते शनिबार (चार दिन)सम्म काठमाडौंमा सम्पन्न प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, मर्चेन्ट बैंंकहरु तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । साथै, प्रतिोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत सोमबार सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गर्भनर मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका हुन् ।

प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंकका अमृत चौलागाई, उत्कृष्ट विकेट किपर नबिल बैंकका विजय पारा लिम्बु, उत्कृष्ट बलर एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइसिएफसि फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भएका थिए ।