२० असार २०८३, शनिबार

आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटी (एससीटी–यूपीआई)बीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । ग्रुपअन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको हो ।

योसँगै यही जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाटस्थित होटेल ले हिमालय र साके एन्ड फेंग, तथा पोखरास्थित लेकसाइड रिट्रिटमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाइनेछ । रुम महसुलमा छुट पस मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।