१९ असार २०८३, शुक्रबार

एमएडब्लू र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला आयोजनामा सहकार्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । एमएडब्लू इन्टरप्राइजेज प्रालि र काठमाडौं महानगरपालिका (केएमसी)बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ, जसअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तिको निर्माण र विकासमा केन्द्रित सीप मेला आयोजना गर्नेछन् । यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रवर्द्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु रहेको एमएडब्लूले जनाएको छ ।

जेठ ७ बाट सुरु भइसकेको सीप मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीपसम्बन्धी तालिमहरू दिइरहेको छ । यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ । साथै, यसले उद्योगहरूलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पुर्‍याउनेछ ।

यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता देखाउँछ, विशेष गरी मर्यादित रोजगारी र आर्थिक वृद्धि सम्बन्धी लक्ष्यप्रति । सीप मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ ।

सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो । आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गरे । एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रालिका सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रालिका सीईओ महेश विष्टले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरे ।

सीप मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक–निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन् ।