१० श्रावण २०८३, आइतबार

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २३ जेठ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ ।

सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी गराएका थिए । त्यसपश्चात् सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाबाट विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् । सञ्चालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित शेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।

त्यसैगरी, लेखापरिक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, आव २०८०/०८१ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्य लेखापरीक्षकको रुपमा जेएन उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ ।

त्यस्तै, सभाले समूह “ख”अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालकमा ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जन निर्विरोध निर्वाचित गरेको छ ।

सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नवनिर्वाचित सञ्चालकहरूलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे । उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्‍याउँदै सभा विसर्जनको घोषणा गरेका थिए ।