
काठमाडौं, १८ जेठ । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् ।
६५ वर्षीय रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको हो ।
उनलाई २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी लामो समयदेखि फरार थिए ।
उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ ।
राय सल्यान घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बस्दै आएका थिए ।








प्रतिक्रिया