
काठमाडौं, १५ जेठ । नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले जनताको वलिदानीपूर्ण संघर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताएका छन् ।
आज एमालेले गणतन्त्र उत्सवको सांस्कृतिक र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताएका हुन् । महासचिव पोखरेलले सिंगो राष्ट्रको ध्यान बजेटमा केन्द्रीत भइरहेको वेला जनताको विजयको उत्सवको दिनलाईपछाडि फर्काउने अवाञ्छीन गतिविधि भइरहेको बताए ।
उनले गणतन्त्र विरोधि क्रियाकलाप भइरहेको वेला पार्टीले गणतन्त्रलाई जनताको उत्सवको रुपमा मनाउनुपर्दछ भनेर देशव्यापी रुपमा उत्सव मनाउन थालिएको स्पष्ट पारे । उनका अनुसार एमाले सवै पालिकामा गणतन्त्र दिवस मनाउन थालिएको हो ।
उनले उत्सव विभिन्न जातजातिका बाजागाजा सहित भव्य रुपमा मनाएको बताए । गणतन्त्र व्यवस्थाप्रति नेपाली जनताको अपनत्व र नेपालको आफ्नो बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता सहित समावेशी लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गरेको भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको उनको भनाइ छ । उनले कतिपय मानिसहरुले लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको भन्दै पञ्चायतका अन्तिम समयमा धनी र गरिवबीचको खाडल २१ गुणा थियो तर आज आज त्यो खाडल घटेर छ गुणामा सिमित भएको धारणा राखे ।
महासचिव पोखरेल गणतन्त्रमा मध्यमवर्गको उद्य भइरहेको बताए । “लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउने भन्ने कुरा मान्यतालाई स्थापित गरेको छौ । कतिले भन्ने गरेका छन्, संघियता बोझिलो भयो भन्ने गरेका छन् । संघियताले के दियो भनेर प्रश्न गर्न गरेका छन्, उनले भने, “ पञ्चायतको अन्तिममा समयमा ८ हजार किलोमिटर हाराहारीमा मात्र सडक पूर्वाधारका निर्माण भएको थियो ।”
उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागि भएका थिए ।








प्रतिक्रिया