२१ असार २०८३, आइतबार

लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्छ : मुख्यमन्त्री कँडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ जेठ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अठारौँ गणतन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिएका छन् । साथै, उनले गणतन्त्र स्थापनाको आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सबै क्षेत्र र वर्ग समुदायको योगदानको सराहना गरेका छन् ।

उनले आज जारी गरेको शुभकामना सन्देशमा जनता विजयी भएको आजको दिन महान् उत्सव हो भन्दै लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति सरकार र समाजका हरेक वर्गले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।

जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता भएको मुख्यमन्त्री कँडेलले सन्देशमा उल्लेख गरेका छन् ।