
काठमाडौं, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दैछ । दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठक बोलाइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
नेपालको संविधानले प्रत्येक वर्षको जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार आज बजेट प्रस्तुत हुन लागेको हो ।
सरकारले २० खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको बुझिएको छ ।










प्रतिक्रिया