२९ जेष्ठ २०८३, शुक्रबार

बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वश्रीमान पक्राउ

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १४ जेठ । बुटवल उपमहानगरपालिका–११ होराइजन चोकमा आमासहित दुई नाबालक छोरीको विभत्स हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या भएको हो ।

हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइराला रहेका छन् । प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् ।

दीपाले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् ।