१५ असार २०८३, सोमबार

लमजुङमा आगलागीमा परी एक महिलाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १४ जेठ । सुन्दरबजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।

आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उनलाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।