१४ असार २०८३, आइतबार

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स आज नेपाल आउँदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आज नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उनी दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय जनाएको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

त्यसैगरी, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।