२९ जेष्ठ २०८३, शुक्रबार

जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १४ जेठ । जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । यहाँको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जङ्गलमा हात्तीको आक्रमणले मकवानपुर मनहरी गाउँपालिका–२ स्थायी घर भएका ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको हो ।

जिल्ला प्रहरीका सूचना अधिकारी किशोर लम्सालले मृतक भुलनसहित सोही ठाउँका भक्तबहादुर आले र श्रवण भुलन गत जेठ ९ गते कुरीलो खन्न गएको बखतमा एक्कासी जङ्गली हात्तीले आक्रमण गरेको जानकारी दिए ।

“हात्तीको आक्रमणमा परेको तीन दिनपछि प्रहरीमा उजुरी आएको थियो र खोजी गर्ने क्रममा मृतक भुलनको शव सोमबार मात्रै फेला पर्‍यो”, उनले भने, “इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतक भुलनको शव सङ्कलन गरी शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको छ ।”

भुलनसँगै कुरिलो खन्न गएका अन्य दुई भने सकुशल रहेको प्रहरीले जनाएको छ ।