२१ असार २०८३, आइतबार

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।