
काठमाडौं, १२ जेठ । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’को घोषणा गरेको छ ।
जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडि चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउनेछन् । यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने, र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउनेछ ।
यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन् । यसमा चार्जिंगका लागि ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, एक वर्षको अटोप्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन् । थप रूपमा ग्राहकहरूले निःशुल्क एसेसरीज, प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्नेछन् । साथै, चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ ।








प्रतिक्रिया