२१ कार्तिक २०८३, शनिबार

जेठ १५ को जनप्रदर्शनको तयारीमा जुट्यो एमाले

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । गणतन्त्र दिवसको दिन राजावादीले राजधानी कब्जा गर्ने बताइरहँदा सत्तारुढ नेकपा (एमाले)ले जेठ १५ गते नै काठमाडौंमा विशाल जनसहभागितामा जनप्रदर्शनको तयारी तीव्र पारेको छ । एमालेले जनप्रदर्शनका लागि जनसंगठन पदाधिकारीको बैठक राखेको छ ।

पार्टी मुख्यालयमा जारी बैठकमा प्रदर्शनका दिन बढीभन्दा बढी सहभागिता जुटाउने रणनीतिमा छलफल भइरहेको बताइएको छ । एमालेको हिजोको सचिवालय बैठकले गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो ।

जेठ १५ गते राजावादीको आन्दोलनलाई समेत ध्यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको हो ।

एमाले मुख्यालय च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, पद्मा अर्याललगायतका नेताहरु उपस्थित छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आन्दोलन निस्तेज पार्न जेठ १५ गते बिहान ११ देखि अपरान्ह २ बजेसम्म काठमाडौंलाई नियन्त्रणमा लिन पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

एमालेले गणतन्त्र दिवसको उत्सवमा सक्रिय सहभागिताका लागि नागरिकमा अपिल पनि गरेको छ ।