
काठमाडौं, १२ जेठ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठक मूलतः जेठ १५ गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको बताइएको छ ।
बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिवहरु लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतका नेताहरु सहभागी छन् ।










प्रतिक्रिया