१० असार २०८३, बुधबार

रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने सङ्केत

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने सङ्केत गरेको छ ।

आइतबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए । बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए ।

‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्याउँला जस्तो देखिँदैन’, झाले भने, ‘यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।’ त्यो अभ्यास अन्तरगत यो भन्दा अगाडि जस्तै यात्राको बारेमा शिक्षक आन्दोलनको बारेमा लगायत विभिन्न समितिको जानकारी गराउने कुरा भयो । दुइदिन अघि सर्वोच्च अदालतको आदेशले तुलसिपुर उच्च अदालतको जुन आदेशलाई सदर गर्ने जुन निर्णय गरेको छ त्यसमा सबैजनाले एक अर्कालाई जानकारी गराउने निर्णय भएको छ । र त्यसलाई हामी कानुनी रुपमा मानेपनि यसको त्रुटि भएको बारे सार्वजानिक गर्नेछौँ । ’

साथै उनले अब बस्ने संसद् बैठक सामान्य नहुने पनि बताए ।