२ असार २०८३, मंगलबार

मधेश प्रदेशमा निर्जीवन बीमाबाट दुई अर्ब १५ करोड सङ्कलन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ११ जेठ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमातर्फ दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ ।

निर्जीवन बीमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रुपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले यो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेश प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरिन् । “हामीले बीमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ”, उनले भनिन्, “आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।”

कार्यालयले चालु आवको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ रकम सङ्कलन गरेको छ । यो अवधिमा मधेस प्रदेशमा ८६ हजार छ सय ७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ ।

जीवन बिमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बीमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेको थियो ।