१२ असार २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेकी छन् ।

चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारी बेइजिङ गएकी हुन् । भ्रमणमा क्रममा पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग समेत भेटघाट गर्ने सम्भावना रहेको बताइएको छ ।

चीनमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ ।

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र नेकपा (एमाले)का विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी छन् ।