६ असार २०८३, शनिबार

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा मानव तस्करी गरेको आरोप लागिरहेका गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् ।

‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।