३१ जेष्ठ २०८३, आइतबार

आर्थिक अनियमितता प्रमाणित भयो भने राजनीतिबाटै राजीनामा दिन्छु : गृहमन्त्री

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको दाबी गर्दै ती आरोपहरूको कडा खण्डन गरेका छन् ।

शनिबार प्रेस ब्रिफिङ गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनसम्बन्धी भिजिट भिसाको विषयलाई लिएर गरिएको आलोचना आधारहीन रहेको दाबी गरेका हुन् ।

उनले भने, ‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमुलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधयागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो सार्वजनिक जिवनमा, मेरो राजनीतिक जिवनमा, यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु । अब यो बारेमा विस्तृत कुरा १३ गते प्रतिनिधि सभामा बोल्ने छु ।

लेखकले यही जेठ १३ गते प्रतिनिधि सभामा उपस्थित भएर यस विषयमा विस्तृत धारणा राख्ने जानकारी दिए । उनले यथार्थ तथ्य सार्वजनिक गरिने बताउँदै अनावश्यक भ्रममा नपर्न आग्रह समेत गरे ।