३२ असार २०८३, बिहिबार

भिजिट भिसामा संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री लेखक

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपबारे मुख खोलेका छन् ।

शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् । उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजीराखेको थिएँ,’ उनले भने, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौं गइसके पछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा आफै पनि केही कुरा बोल्छु ।’

उनले आफ्नो कारणले कांग्रेसको शीर झुक्न नदिने उल्लेख गरेका छन् ।