२२ जेष्ठ २०८३, शुक्रबार

राजीनामा दिएर नैतिकता देखाउन गृहमन्त्रीलाई शेखरको सुझाव

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।

उनले भने, ‘रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईंहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त । उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरे । छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि । त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप लागिरहेको बेलामा कोइरालाले गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।