१९ असार २०८३, शुक्रबार

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १० जेठ । जुम्लाको तिला गाउँपालिका–४, भोटचौरमा शुक्रबार भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ ।

क.१ ह.३१ नम्बरको अटो दुर्घटना हुँदा ४४ वर्षीय चालक रणबहादुर कुँवरको ज्यान गएको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए ।

प्रहरीका अनुसार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान बोकेर जाँदै गरेको अटो सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कुँवरलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर उपचारका क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले पुष्टि गरेको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।