१ कार्तिक २०८३, आइतबार

‘एमाले सही बाटोमा नै भएको कारण विरोधीहरूले आलोचना गर्ने गर्छन्’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले सही बाटोमा नै भएको कारण विरोधीहरूले आलोचना गर्ने गरेको बताएका छन् । विरोधीले आलोचना गर्दासम्म सही बाटोमा छौँ भन्नु कुरा बुझ्नुपर्ने पोखरेलको धारणा छ ।

चिनियाँ क्रान्तिको बेला माओले भनेको यो भनाई एमालेजनलाई यतिबेला गहिरो गरी अनुभूति हुनु आवश्यक रहेको महासचिव पोखरेलले स्पष्ट पारेका छन् ।  ‘विरोधीहरूले हाम्रा काम र नीतिको प्रशंसा गरे भने सम्झनु कतै भुल त भएको छैन ? उनीहरूले तिखो आलोचना गरे भने सम्झनु हामी सही ठाउँमा छौँ’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन् ।