१७ असार २०८३, बुधबार

अवरुद्ध कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

कान्तिलोकपथको बागमती पुल खण्डको बाटो मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।