६ असार २०८३, शनिबार

रविलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्च उनलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत बुटबलको आदेश सदर गरेको हो ।

लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामै राख्ने आदेश सदर भएको छ । लामिछाने र जोशीको रिट एकैसाथ राखेर तीन दिन लगाएर सुनुवाई भएको थियो ।

योसँगै अब रवि र छवि सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म थुनामै बस्नुपर्नेछ ।