३१ जेष्ठ २०८३, आइतबार

मुगुका राजनीतिक दलद्वारा उपमहासचिव ज्ञवालीलाई ज्ञापनपत्र

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । मुगुका राजनीतिक दलहरुले नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई जिल्लाको विकासका लागि विभिन्न योजनासहितको संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

एमाले स्कूल विभागका प्रमुख समेत रहेका ज्ञवाली प्रशिक्षणका क्रममा मुगु पुगेका बेला स्थानीय राजनीतिक दलहरुले जिल्लाको विकासमा रणनीतिक महत्व राख्ने चारवटा सडक निर्माणका लागि बजेट विनियोजनको पहल गरिदिन माग गरेका हुन् ।

मुगुका राजनीतिक दलहरुले ज्ञवालीलाई बुझाएको ज्ञापनपत्रमा गमगढी नाक्चेलाग्ना सडक निर्माण र चीनतर्फको नाका खोल्नका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।

यसैगरी, मुगुको पर्यटन विकासको आधारको रुपमा रारा तादको संरक्षण र प्रवद्र्धनका लागि रारा पर्यटन विकास प्राधिकरण गठनको पहल लिइदिन पनि अनुरोध गरिएको छ ।

यसैगरी, रामगढी भुलभुले सडक खण्ड कालोपत्रे गर्न बजेट विनियोजनको पहल लिइदिन र जुम्लामा रहेका संघीय सरकार अन्तरगतका कार्यलय मुगुमा सारिदिन पनि उनीहरुले माग गरेका छन् ।

मुगुका राजनीतिक दलका तर्फबाट नेकपा (एमाले)का अध्यक्ष पूर्णबहादुर रोकाया, नेपाली कांग्रेसका सभापति कर्णबहादुर रावल, नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य सन्तोष कुमार मल्ल, राप्रपाका अध्यक्ष राजबहादुर मल्ल, नेकपा (एस)का उपाध्यक्ष वीरेन्द्रबहादुर मल्लले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

ज्ञापनपत्र बुझेपछि ज्ञवालीले आफू कर्णालीको विकासका लागि सधैं सकारात्मक रहेको बताए । मुगुवासीहरुले उठाएका विकास निर्माणका सवालहरु प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरु समक्ष पुर्‍याउने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा एमाले संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो ।