२८ जेष्ठ २०८३, बिहिबार

एमाले धनुषाको अध्यक्षमा भोला यादव विजयी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) धनुषाको अध्यक्षमा भोला यादव विजयी भएका छन् । यादवले ४०२ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २०० मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव ४३० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी जयप्रकाश सोनरैतले १६० मत पाए । सचिवमा दीपनारायण ठाकुर ३६५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी धीरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे ।

यस्तै, उपसचिवमा सविनविक्रम थापा ३८० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्र्धी हरिकिशोर यादवले १९५ मत प्राप्त गरे । उपसचिव महिलामा रुकाकुमारी मिश्र ३९१ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी किरण कापरले १८४ मत पाइन् ।

८औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो । अधिवेशनमा कुल ६२८ जना मतदाता रहेकोमा ६१५ जनाले मतदान गरेका थिए ।